Madhes Khabar
राजनीति

पर्साको बहुदरमाई नगरपालिकाका मेयर तेली जसपा छाडेर एमालेमा प्रवेश

वीरगन्ज,२०माघःपर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेली जसपा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।तेली,२०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट मेयरमा निर्वाचित भएका थिए । त्यसपछि जसपा नेपालबाट विभाजित भएको अशोक राई नेतृत्वको जसपमा उनि प्रवेश गरेका थिए ।

मंगलबार वीरगन्जमा आयोति नेकपा एमालेको पर्सा जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलामा तेलीसंगै जसपा र जसपा नेपालका नेताकर्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथी तथा एमालेका केन्द्रिय उपाध्यक्ष रामबहादुर थापा बादलले तेलीसहितका नवप्रवेशीलाई एमाले पार्टीमा स्वागत गरे ।

एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा ,विजय सरावगी , निर्मला देवकोटा, पर्साका चार वटै निर्वाचन क्षेत्रका एमाले उम्मेदवारहरु प्रदीप यादव, रिमा यादव, रुपेश पाण्डे र जालिम मियाँ मन्सुरी लगायतकाको सहभागिता थियो ।

 

Related posts

वीरगञ्ज–२१ मा प्रदीप यादवको घरदैलो :विकास र स्थिरताका लागि एमालेलाई मत दिन आग्रह

MadhesKhabar

रवि लामिछानेको सांसद पद निलम्बन

MadhesKhabar

प्रहरी थुनाबाट रिहा भएपनि रास्वपा सभापति रविको सांसद पद निलम्बन तत्काल फुकुवा नहुने

MadhesKhabar

Leave a Comment