Madhes Khabar
राजनीति

प्रहरी थुनाबाट रिहा भएपनि रास्वपा सभापति रविको सांसद पद निलम्बन तत्काल फुकुवा नहुने

फाइल तस्बिर ।

वीरगन्ज,२६पुस:कास्की जिल्ला अदालतमा बिहीबार ६५ लाख धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछानेको सांसद पद भने तत्काल फुकुवा नहुने भएको छ । अदालतबाट मुद्दा अन्तिम किनारा नलागेसम्म लामिछानेको सांसद पद निलम्बन फुकुा नहुने भएको छ हाे।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेका थिए।उक्त मुद्दामा बिहीबार लामिछाने धरौटीमा रिहा भएका हुन् । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटी माग गरेको थियो । ६५ लाख धरौटी तिरेर रवि बिहीबार रातीनै थुनामुक्त भइसकेका छन् ।

रविको गत पुस ८ गतेबाट सांसद पद निलम्बनमा छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि) निवारण ऐन–२०६४ को दफा २७ मा रहेको व्यवस्थामा संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक थुनामा रहेको अवधिभर र निज उपर मुद्दा दायर भएकोमा उक्त मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने व्यवस्था रहेको छ।

रवि बिहीबार धरौटीमा रिहा भएको र मुद्दाको किनारा नलागेको हुँदा तत्काल सांसद पद निलम्बन फुकुवा नहुने भएको हो ।

Related posts

नेपाल हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्र हो : भाजपा वरिष्ठ नेता जोली

MadhesKhabar

सिके राउतको पार्टीसंग एकता गर्न लागेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

MadhesKhabar

जसपा अध्यक्ष यादव भन्छन्– जिससको चुनावका लागि एमालेसंग गठबन्धन भएको छैन

MadhesKhabar

Leave a Comment