Madhes Khabar
राजनीति

जसपा अध्यक्ष यादव भन्छन्– जिससको चुनावका लागि एमालेसंग गठबन्धन भएको छैन

क्रान्ति शाह
वीरगन्ज,२६जेठः जनता समाजवादी पार्टी (जसपा) पर्साले शुक्रबार हुने जिल्ला समन्वय समिति (जिसस) पर्साको निर्वाचनमा नेकपा एमालेसंग गठबन्धन नगरेको जनाएको छ ।
जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले एमालेसंग गठबन्धन नगरिएको बताएका हुन् ।तर जिससको निर्वाचनका लागि परेको उम्मेदवारहरुको दलीय समिकरण हेर्दा भने जसपा र एमालेले गठबन्धन गरेर उम्मेदवारी दिएको प्रष्ट देखिन्छ । जसपाबाट जिससको सभापतिमा निरन्जन कुमार सर्राफको उम्मेदवारी परेको छ । उपसभापतिमा जसपाले उम्मेदवारी नै दिएको छैन । उपसभापतिमा एमालेका पुरण कुर्मीको उम्मेदवारी परेको छ । एमालेले सभापति पदमा उम्मेदवारी दिएको छै्रन । जसपाले गठबन्धन तोडेर एमालेसंग साँठगाँठ गरेपछि नेपाली काँग्रेसले भने सभापति , उपसभापति सहित सबै पदमा एकल उम्मेदवारी दिएको छ ।
जिससको निर्वाचनका लागि परेका उम्मेदरवारहरुको राजनीतिक समिकरणले जसपा र एमालेले गठबन्धन गरेको प्रष्ट भएपनि जसपाका जिल्ला अध्यक्ष यादवले भने एमालेसंग गठबन्धन नगरिएको दाबी गरेका छन् ।बिहीबार बिहान मधेसखबरसंग कुरा गर्दै जसपा अध्यक्ष यादवले भने ,‘ म जसपाको जिल्ला अध्यक्षले बोल्दै छु जसपाले एमालेसंग गठबन्धन गरेकै छैन , कुनै लिखित सहमति पनि गरेको छैन , एमालेका कोहि पनि नेतासंग जिससको चुनाव बारे कुराकानी , छलफल वा बैठक भएकै छै्रन ।
जसपा अध्यक्ष यादवले काँग्रेससंग जिससको नेतृत्वमा कुरा नमिले पछि जसपाले एक्लै जिससको सभापति सहित केहि पदमा उम्मेदवारी दिएको बताए । उनले भने ,‘ सत्तागठबन्धन दल काँग्रेससंग समझदारी बन्न नसक्दा हामीलाइ पनि अस्वभाविक लागेको छ । यादवले अझै पनि शुक्रबार सम्मको समय बाँकी रहेकाले काँग्रेससंगै सहकार्य कसरी गर्न सकिन्छ भनेर काँग्रेसका नेताहरुसंग आन्तरिक रुपमा छलफल र संवादको प्रयास जारी नै राखेको बताए । तर एमालेसंग भने कुनै तालमेल वा गठबन्धन भने नभएको उनले दोहोरयाए ।
जसपा अध्यक्ष यादवले शुक्रबार हुने जिससको चुनावमा एमालेका उम्मेदवारलाइ मत दिन जसपाले आफनो पार्टीका मतदातालाइ ह्वीप पनि नलगाएको प्रष्ट पारे । यादवले शुक्रबार हुने चुनावमा जसपाका मतदाताहरु , आफनो पार्टीका उम्मेदवार बाहेक अरु पदका उम्मेदवारलाइ आफनो इच्छा अनुसार मत दिन स्वतन्त्र रहेको पनि जिकिर गरे ।
यता जसपासंग गठबन्धन गरेर उम्मेदवारी दिएका एमालेका पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारुले भने एमाले र जसपा बिच समझदारी गरेर नै उम्मेदवारी दिएको जिकिर गरेका छन् ।बिहीबार बिहान मधेसखबरसंग कुरा गर्दै एमाले जिल्ला अध्यक्ष थारुले भने ,‘ जसपा र एमाले बिच समझदारी भएर नै सभापतिमा जसपाबाट र उपसभापतिमा एमालेबाट उम्मेदवारी परेको हो ।
थारुले कुल २८ मत मध्ये एमालेको १० मत र जसपाको ५ मत भएपनि गठबन्धन नगर्दा एमालेले कुनै पनि पद जित्न नसक्ने अवस्था भएपछि बाध्य भएर ५ मत मात्रै भएको जसपालाइ सभापति पद दिएर गठबन्धन गर्नु परेको बताए ।
शुक्रबार हुने जिसस पर्साको निर्वाचनमा काँग्रेसबाट जिससको सभापति पदमा सरोज चौरसीया र उपसभापति पदमा कुमारी सोनीको उम्मेदवारी परेको छ ।उसलाइ १ मत रहेको लोसपाले समर्थन गरेको छ ।
जसपाबाट भने जिससको सभापतिमा निरन्जन कुमार सर्राफ र उपसभापति पदमा एमालेका पुरण कुर्मीको उम्मेदवारी परेको छ । जिससको निर्वाचनमा जिल्लाका १४ स्थानीय तहका प्रमुख र उपप्रमुख गरि कुल २८ जना मतदाता रहेका छन् । ती मध्ये काँग्रेसको १२ , एमालेका १० , जसपाका ५ र लोसपाका १ जना मतदाता रहेका छन् ।

 

Related posts

पुराना दलका नेताहरुलाई गृहमन्त्री सुधन गुरुङको चेतावनी : अझै समय छ सुध्रिनुस्

MadhesKhabar

पर्साबाट राप्रपाद्वारा १६ जना सिफारिस : जयसवाल र श्रीवास्तवको नाम दुई क्षेत्रबाट

MadhesKhabar

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि एकजुट भएर लागे

MadhesKhabar

Leave a Comment