वीरगन्ज,९पुसः आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि पर्साका चार वटै निर्वाचन क्षेत्रबाट गरी राप्रपाको क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेदवारमा १६ जनाको नाम सिफारिस गरेको छ ।
राप्रपाले पर्सा क्षेत्र नम्बर १ बाट निवर्तमान सांसद विना जैसवाल, कलाकार नन्दु श्रीवास्तव,शान्ति खड्का र किरणमान डंगोल र विपिन चौरसिया गरी ५ जनाको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर २ बाट पनि जयसवाल र श्रीवास्तवसंगै अवधकिशोर प्रसादको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ।
यसैगरि पर्सा निर्वाचान क्षेत्र नम्बर ३ बाट रविन्द्र मिश्रा,अंगद ठाकुर,नगीना यादव, नरेन्द्रप्रसाद चौरसिया,सुजित त्रिपाठी, चन्द्रिका सहनी र दिपेश साह तथा क्षेत्र नम्बर ४ बाट शान्तकुमार जोशीको एकल नाम सिफारिस गरिएको छ ।

