Madhes Khabar
राजनीति

नेपाल हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्र हो : भाजपा वरिष्ठ नेता जोली

वीरगन्ज,८मंसिरः भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिकमात्र नभई सांस्कृतिक र भावनात्मक जगमा आधारित रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक विशेष कार्यक्रममा बोल्दै भाजपाका वरिष्ठ नेता जोलीले दूई देशबीचको सम्बन्ध केवल राजनीतिक रुपमा मात्र सिमित नभएको बताए ।दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्न सबै तहमा सहकार्यको आवश्यकता रहेकोमा उनले जोड दिए ।

उनले नेपाल हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्र रहेकोपनि बताए ।भाजपा वरिष्ठ नेता जोलीले भाजपाले नेपालसंगको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै हिन्दू सभ्यताको संरक्षणका लागि निरन्तर सहकार्य गर्ने आश्वासनपनि दिए ।

एकता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले नेपाललाई संघीय हिन्दू गणराज्यको रूपमा घोषणा गर्ने उद्देश्यसहित अभियानले निरन्तर गतिविधि गर्दै आएको बताए।उनले भारतसंगको सांस्कृतिक सहकार्यले अभियानलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।

राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष यादवकै अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य भूपेन्द्र चौधरीले आँफुपनि अभियानमा प्रवेश गरेको घोषणा गरे ।चौधरीलाई भाजपा नेता जोली र अभियानका अध्यक्ष यादवले खादा ओढाएर अभियानमा स्वागत गरे ।

कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, तत्कालिन राजपाका उपाध्यक्ष सत्यनारायण मण्डल, राष्ट्रिय मुक्ति पार्टीका नेता सिएन थारू,समाजसेवी विजय राउत लगायतले पनि आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एकता अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, युवा विभाग प्रमुख दिवस पटेल, महिला विभाग प्रमुख रीता साह, बागमती प्रदेश इञ्चार्ज शीशीर रञ्जितकार, उपत्यका इञ्चार्ज महेश्वरमान वैद्य,काठमाडौँ जिल्ला संयोजक राजकुमार लामीछाने लगायतकोपनि सहभागिता थियो ।

 

Related posts

पर्सा–१ का कांग्रेस उम्मेदवार रुंगटाले भने : अब कागजी होइन, जनतालाई अनुभूत हुने विकास चाहिएको छ

MadhesKhabar

पर्सा ३ मा एमालेबाट राजकुमार गुप्ताको एकल नाम सिफारिस

MadhesKhabar

वीरगन्जका अरबिन्द सिंहसहित २६ युवा नेताको आह्वान :दोस्रो र तेस्रो तहका नेताले पार्टी पुनर्गठनको पहल लिनुस्

MadhesKhabar

Leave a Comment