Madhes Khabar
राजनीति हेडलाइन

वीरगञ्ज–२१ मा प्रदीप यादवको घरदैलो :विकास र स्थिरताका लागि एमालेलाई मत दिन आग्रह

वीरगञ्ज, १० फागुन: नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ मा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

आज आइतबार बिहानदेखि विभिन्न टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै यादवले सूर्य चुनाव चिन्हमा मतदान गर्न अपिल गरे। पूर्व मन्त्रीसमेत रहेका उनले पर्साको समग्र विकास, आर्थिक समृद्धि र स्थिर सरकारका लागि एमालेको जित आवश्यक रहेको जिकिर गरे।

मतदातासँगको संवादमा उनले विगतमा सांसद तथा खानेपानी मन्त्रीका रूपमा गरेका कामहरूको विवरण प्रस्तुत गर्दै अधुरा योजनाहरू पूरा गर्न आफूलाई पुनः अवसर दिन आग्रह गरे। “जनताको साथ र विश्वासले मात्रै क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ,” उनले भने।

घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले सडक, ढल निकास, खानेपानी, विद्युत्, रोजगारी, शिक्षा र स्वास्थ्य सेवाका विषयमा आफ्ना गुनासा तथा सुझावहरू राखेका थिए। यादवले ती समस्याहरूलाई प्राथमिकतामा राखी योजनाबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेता कार्यकर्ता र जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Related posts

जेनजी आन्दोलनमा जलेको वीरगञ्ज महानगरपालिका : शून्यबाट उठ्दै, मर्मतमा जुट्दै

MadhesKhabar

रास्वपा उम्मेदवार सुशीलले भने : पर्सा–२ का जनता आफ्नो सांसद युवालाई बनेको देख्न आतुर छन्

MadhesKhabar

नेपाली भूमि सुस्तामा पसेर भारतीय एसएसबीले बाँध भत्काएपछि स्थानीयले गरे प्रतिकार

MadhesKhabar

Leave a Comment