Madhes Khabar
राजनीति

पूर्वगृहमन्त्री रमेश लेखक पनि छुटे

काठमाडौ,२६चैत:पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पनि रिहा भएका छन्। महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा रहेका लेखकलाई हाजिरी जमानीमा छाडिएको हो।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईकाअनुसार पौने ११ बजे उनी छुटेका हुन्। ‘आवश्यक परेको खण्डमा उपस्थित हुने गरी छाडिएको छ’, भट्टराईले भने।

जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको न्यायीक आयोगले कारबाही गर्न सिफारिस गरेअनुसार लेखक चैत्र १४ गते पक्राउ परेका थिए। उनीसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ परेका थिए।

ओली पनि हाजिरी जमानीमा बिहीबार नै छुटिसकेका छन्।

सोमबार सर्वोच्च अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न दिएको आदेशअनुसार उनीहरू बिहीबार छुटेका हुन्।

Related posts

काँग्रेस केन्द्रीय सदस्य रिजालको निर्देशन : बागीलाई दया देखाउन जरुरी छैन , गठबन्धनलाई नै भाेट हाल्नु हाेला

MadhesKhabar

काँग्रेसले टिकट नदिएपछि युवा नेता चौधरीले दिए स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

पटेर्वासुगौली–५ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

Leave a Comment