Madhes Khabar
राजनीति

काँग्रेसले टिकट नदिएपछि युवा नेता चौधरीले दिए स्वतन्त्र उम्मेदवारी

प्रमोद यादव
पर्सा ,२३ असोज : नेपाली कांग्रेस पर्सा जिल्ला सदस्य एंव युवा नेता चन्द्रकिशोर चौधरीले पनि पर्साको निनर्वाचन क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एक दशक भन्दा बढि लामो समय देखि कांग्रेसको सकृय राजनीति गर्दे आएका चौधरीले पार्टीबाट टिकट नपाएपछि प्रदेशसभा सदस्यका लागि आइतबार स्वतन्त्र उम्मेद्बारी दिएका हुन् ।

सत्तागठबन्धन दलहरु बिच भएको चुनावी तालमेलमा पर्साको ३ (क) अरु नै दलको भागमा परेपछि चौधरीले काँग्रेसबाट टिकट नपाएका हुन् ।

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ टोल पटेर्वा घर भएका चौधरीले पार्टीले टिकट नदिएपनि जनताको माग र चाहना अनुसार आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

Related posts

जगरनाथपुरमा ५० जना रास्वपा परित्याग गरी एमाले प्रवेश, सम्पर्क कार्यालय पनि उद्घाटन

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

राैतहट ३ मा प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

MadhesKhabar

Leave a Comment