Madhes Khabar
राजनीति

मधेसमा एमालेले मलकाे कारखाना खाेल्छ : वरिष्ठ उपाध्यक्ष पाेखरेल

बारा,१९चैत:नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेकाे एकल बहुमत सरकार बनेपछि मधेसमा मलकाे कारखाना खाेल्ने बताएका छन्।साेमबार बाराको कलैयामा एमालेकाे ११ औँ जिल्ला अधिवेसनको उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले मिसन २०८४ मा एमालेले बहुमत प्राप्त गरेपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने दाबी गर्दै राजनीतिक स्थिरता ल्याउने पार्टीको पहिलो प्राथमिकता र संकल्प रहेको बताए ।

उनले भने ‘मुलुकमा राजनीतिक स्थिरता नभएसम्म विकास हुदैन, त्यसैले राजनीतिक स्थिरताका लागि पनि जनताले एमालेलाई बहुमत दिनुपर्छ।देशमा एमालेको आवश्यकता छ ।’

‘एमालेले देशमा स्थिरता ल्याएपछि मात्र विकास हुन्छ,’ उनले भने, ‘मधेसमा मल कारखाना, कोशी मरिण डाइभर्सन, बन्द उद्योगलाई पुनर्जीवन दिने एमालेको अठोट छ ।’ गाउँ नगरदेखि केन्द्रको राजनीति ४० प्रतिशत यूवा समेटेर पार्टी अगाडि बढ्ने उनले बताए ।

युवालाई अघि सार्ने क्रममै आगामी बैशाख १५ गते इलाम-२ मा हुने उपनिर्वाचनमा पूर्वसभामुख स्वार्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई टिकट दिइएको उनले बताए । एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको तत्कालीन गठबन्धन आफ्नै बोझले ढलेपछि पछिल्लो समीकरण बनेको उनको दाबी थियो ।

उनले अहिले बनेकाे नयाँ समिकरण र सरकार २०८४ सम्म चल्ने दाबीपनि गरे।उनले भने,`वर्तमान सरकार देशकाे आवश्यताले निर्माण भएकाले छिटै ढल्दैन । विपक्षले मुख नमिठ्या हुन्छ । यो सरकारसँगै बनेको समिकरण लामो समय जान्छ।´

एमाले बाराका अध्यक्ष विनोद साहको अध्यक्षतामा सम्पन्न अधिवेशनकाे उद्घाटन सत्रलाई एमाले सचिव एवं भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ,एमाले केन्द्रिय सचिव एवं मधेस प्रदेश ईन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य पुरुसोत्तम पौडेल, सुमन प्याकुरेल, रामदयाल मंडल, कृषि मन्त्री एवं पोलिट ब्यूरो सदस्य ज्वाला साह, अच्युत मैनाली लगायतले सम्बाेधन गरणदै अधिवेशन सफलताको कामना गरेका थिए ।

Related posts

जसपाबाट जितेका गाँउपालिका अध्यक्ष र वडा अध्यक्षहरु लोसपामा प्रवेश

MadhesKhabar

सम्मानजनक संख्याका साथ सरकारमा जाने कांग्रेसको निर्णय

MadhesKhabar

तरुण दल पर्साको अध्यक्षमा विकास तिवारी मनोनित

MadhesKhabar

Leave a Comment