Madhes Khabar
राजनीति

बारा ४ मा श्रेष्ठ र सोनललाई जिताउन काँग्रेस उपसभापति पाल खुलेर लागे

मधेसखबर
वीरगन्ज,३० कार्तिक : बारा क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारको समर्थनमा लागेका नेपाली काँग्रेसका जिल्ला उपसभापति अमिरीलाल पाल , बुधबार देखि भने पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन खुलेर लागेका छन् ।

विश्रामपुर गाँउपालिकाका पुर्व अध्यक्ष समेत रहेका पाल , बुधबार देखि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन खुलेर लागेका हुन् ।

बुधबार पाल , बारा क्षेत्र नम्बर ४ का पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार कृष्णा कुमार श्रेष्ठ (किसान) र बारा ४ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलसंगै चुनावी घरदैलोमा हिड्नुका साथै चुनावी कोणसभामा पनि सरिक भएका छन् ।

काँग्रेस जिल्ला उपसभापति पालले अब देखि आफु बारा ४ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरु श्रेष्ठ र सोनललाई जिताउन लागेको बताए । उनले बारा ४ मा दुवै उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने पनि बताए ।

Related posts

काँग्रेसका असन्तुष्ट नेता कार्यकर्तालाई गगन थापाको आग्रहःपार्टिको निर्णय हाल मानौँ

MadhesKhabar

उपेन्द्र यादव भन्छन् : सरकारबाट हामीले समर्थन फिर्ता लिएका छैनौ

MadhesKhabar

६५ लाख धराैटी बुझाएर रिहा भए रवि लामिछाने

MadhesKhabar

Leave a Comment