वीरगन्ज,२६माघःपर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बिन्दवासनी बारवा टोलमा सोमबार बहिान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। जेष्ठ नागरिक, जेन्जी युवाहरू र स्थानीय महिलासमेतको सहभागितामा रास्वपा उम्मेदवार सुशील कानुले घरेदैलो गरेका हुन् ।
घरदैलोका क्रममा स्थानीयवासीले वर्षायाममा नजिकैको नदीमा बाढी आउँदा खेतीयोग्य जग्गामा क्षति भोग्दै आएको गुनासो सुनाएका थिए । उक्त समस्या सुनेपछि रास्वपा उम्मेदवार कानुले आँफू निर्वाचित भएमा नदीबाट हुने क्षतिको विषय सदनसम्म उठाइने र दीर्घकालीन समाधानको बाटो खोजिने प्रतिबद्धता जनाए।
यस्तै उनले बेरोजगारीको समस्या पनि स्थानीयको प्रमुख चिन्ताको विषय रहेको भन्दै विशेषगरी घरमै बस्न बाध्य महिला र युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना रास्वपाको प्राथमिकतामा रहेको पनि सुनाए। उनले महिलालाई उच्च सीप तालिम प्रदान गर्ने र सोही अनुसारको रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गरिने वाचा गरे।उनले भने,“शिक्षा, सीप र रोजगारी जोडिएन भने समृद्ध समाज सम्भव हुँदैन,”े।
उम्मेदवार कानुले कृषकहरूलाई वर्षाको पानी र नदीबाट हुने क्षति न्यूनीकरण गर्ने उपायका साथै मलखाद समयमै उपलब्ध गराउने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे। कृषि उत्पादन बढाएर किसानको जीवनस्तर उकास्नु आफ्नो प्रमुख एजेन्डा रहेको उनको भनाइ थियो।

