Madhes Khabar
राजनीति

मधेसका दलितका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने मुख्यमन्त्री सिंहकाे प्रतिबद्धता

वीरगन्ज,२४पसि:मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दलित तथा अल्पसंख्यक समुदायको मुद्धालाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।जवाफदेहिताका लागि नागरिक अभियानका पदाधिकारीहरुसंगको भेटमा मुख्यमन्त्री सिंहले मधेसमा अरु जात समुदायको जिवनशैलीमा परिवर्तन आएपनि मुसहर समुदायको जिवनशैली अझ पनि जस्ताको त्यस्तै रहेकाे भन्दै चिन्ता जनाए।

 

हाम्रो अभियान पर्सा मार्फत दलित, महिला , युवा तथा अल्पसंख्यक समुदायको मुद्धालाई उठाउने फेलोशिप कार्यक्रम प्रभावकारी रहेको र यसलाई सहयोग गर्ने प्रतिवद्धतापनि उनले व्यक्त गरे।युएसएड नागरिक समाज संचार अन्तर्गत द एसिया फाउण्डेशनको सहयोगामा संचालित मिडिया फेलोशिप कार्यक्रम अन्तर्गत गठित जवाफदेहिताका लागि नागरिक अभियानले बुधबार मुख्यमन्त्री सिंहलाई भेटेर मिडिया फेलोशिप अन्तर्गत उठान गरिएका मुद्धाको बारेमा जानकारी गराएको थियाे।

मुख्यमन्त्री सिंहसंगको भेटमा जवाफदेहिताका लागि नागरिक अभियानका संयोजक साजिर मन्सुरले ध्यानाकर्षण पत्र बुझाएका थिए ।त्यसअवसरमा फेलोजहरुले प्रकाशन गरेको कथाहरुको संगालो समाचार संगालो संस्थाको तर्फबाट हाम्रो अभियानका शिवनाय यादवले मुख्यमन्त्री सिंहलाई हस्तान्तरण गरेका थिए।

त्यसअवसरमा अभियानका सलमा खातुन, निभा सिंह, ओमप्रकाश सर्राफ, फैजा खातुन लगायतकाकोपनि सहभागिता रहेको थियो ।

Related posts

मधेसका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री बालेनले के भने ?

MadhesKhabar

पर्साका सांसद प्रदीप यादव बने स्वास्थ्यमन्त्री, लिए राष्ट्रपतिबाट शपथ

MadhesKhabar

जनमत पार्टी पर्साका सह-इन्चार्ज मुकेश द्विवेदीले दिए राजिनामा

MadhesKhabar

Leave a Comment