Madhes Khabar
राजनीति

मधेसका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री बालेनले के भने ?

काठमाडौं,१८चैत : प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउनसक्ने व्यवस्था गरिने भएको छ।

बुधबार सिंहदरबारमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो प्रदेशको ह्वाट्सएप ग्रुपमार्फत सांसदहरूले निर्वाचन क्षेत्रको समस्या तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिए।

निर्वाचन क्षेत्रमा देखिएका समस्याका बारेमा सांसदहरूले सहजरूपमा सरकारलाई जानकारी गराउन यस्तो व्यवस्था हुन लागेको छलफलपछि रास्वपाका सांसद मनिष झाले जानकारी दिए। छलफलका क्रममा मधेस प्रदेशबाट निर्वाचित सांसदहरूले आफ्नो क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए। सांसद झाले आफूले रेडक्रसका समितिहरू भ्रष्टाचारको अखडा बनेकाले सबै समिति विघटन गर्दै छानबिनको दायरामा ल्याउन आफूले आग्रह गरेको बताए।

त्यस्तै सांसदहरूले मधेस प्रदेशमा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनसमेत आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रका समस्याका बारेमा सांसदहरूसँग प्रदेश–प्रदेश समूह बनाएर छलफल गरिरहेका छन्।साभारःअन्नपूर्णपोष्ट

Related posts

रास्वपाले उम्मेदवारी फिर्ता लिएपछि उद्योग समितिको सभापतिमा जनमतका खान सर्वसम्मत

MadhesKhabar

मधेसको तागत भनेकै हिन्दू र मुस्लिमबिचको एकता हो : प्रदीप यादव

MadhesKhabar

मधेसमा एमाले बाहेकका ७ दलले थाले आन्दोलन

MadhesKhabar

Leave a Comment