वीरगन्ज,८पुसःपर्सा जिल्लामापनि नेपाल संघीय समाजवादी पार्टीको जिल्ला कार्यसमिति गठन गरिएको छ । वीरगन्जमा मंगलबार सम्पन्न भेलाले रियाज अहमदको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा विनोद पासवान र इमरान अली , सचिवमा सबनम खातुन, सह–सचिवमा मोहम्मद हारुन र नोर्से आलम तथा सल्लाहकार समितिमा राकिब हुसेन, डाक्टर रकिफ,अब्दुल रौफ लगायत रहेका छन्।
पार्टीका पर्सा जिल्ला इन्चार्ज सोहेब अन्सारीको अगुवाई तथा राकिब हुसेनको अध्यक्षतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले संघीयता, समावेशिता र सामाजिक न्यायको वास्तविक कार्यान्वयन बिना देशले सही दिशा लिन नसक्ने बताए। उनले मधेस, मुस्लिम, दलित, पिछडावर्ग र सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चित गर्न नेपाल संघीय समाजवादी पार्टी दृढताका साथ संघर्षरत रहेको बताए ।
भेलमा पार्टीकी मधेस प्रदेश संसदीय दलकी नेतृ तथा पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारी, पार्टीका केन्द्रीय सदस्य सुरेश हजरा लगायतकाकोपनि सहभागिता थियो ।

