Madhes Khabar
राजनीति

नेपाल परिवार दलका केन्द्रिय सदस्य पटेल जसपामा प्रवेश, मन्त्री यादवले गरे पार्टीमा स्वागत

वीरगन्ज,०६माघःनेपाल परिवार दलका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष पल्टन प्रसाद कुर्मी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । आइतबार वीरगन्जमा जसपा पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा परिवार दलका केन्द्रिय सदस्यसहित १ सय जना जसपामा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेपाल परिवार दलका केन्द्रिय सदस्य पटेलसंगै पर्सा जिल्ला सचिव सन्तोष पटेल,जिल्ला सहसचिव उमरेश्वर पटेल,बरिष्ठ सल्लाहकार सत्रुधन दुबे लगायतका गरी १ सय जना जसपामा प्रवेश गरेको जसपाका केन्द्रिय सदस्य जनार्दन यादवले जानकारी दिए ।

कार्यक्रममा नवप्रवेशीहरुलाई खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादवले अबीर टीका लगाएर पार्टीमा स्वागत गरे ।यादवले पर्सासहित मधेसका आठ वटै जिल्लामा जसपामा प्रवेश गर्नेहरुको लहर नै चलेको बताए ।अरु पार्टीका लोकप्रिय नेताहरु जसपाको नीति र विचारसंगै नेतृत्वबाट प्रभावित भएर प्रवेश गरिरहेको भन्दै उनले यसले जसपा दिनप्रतिदिन अझ सशक्त बन्दै गइरहेकोपनि बताए ।

जसपा पर्साका अध्यक्ष सिंगासन साह तेलीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्यहरु मोहनलाल चौधरी,जनार्दन यादव, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी,वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव,नेताहरु पुरुषोत्तम लाल झा ,शिवजी सोनी लगायतकोपनि सहभागीता थियो ।

Related posts

टिकटक बन्द हुदाँँ मौसमी राजनीति गर्ने नेताहरूमा रुवाबासी चलेको छ : सांसद यादव

MadhesKhabar

जसपा–एमाले गठबन्धनलाई मत दिन अपिल गर्दै पर्सा १ मा प्रदीप र विचारीको रोड शो

MadhesKhabar

पर्साको जगरनाथपुरमा कांग्रेस, एमाले र जसपाका सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment