वीरगन्ज,२८बैशाखःपर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मा शनिबार आयोजित जनमत पार्टीको कार्यक्रममा विभिन्न दल परित्याग गरेर सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यता तथा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा लगायत विभिन्न दल परित्याग गर्दै सयौं नेता–कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
कांग्रेसका शिवजी पटेल, राधेश्याम पटेल, भोला पटेल, ध्रुव गद्दी, एमालेका ध्रुव राउत गद्दी, नइम राउत गद्दी, हिरालाल महरा लगायतका व्याक्तिहरु जनमत पार्टीमा प्रवेश गरेको अध्यक्ष सर्राफले बताए । ्कार्यक्रममा अध्यक्ष डा. राउत र मुख्यमन्त्री सिंहले नवप्रवेशीहरुलाई गम्छा, फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले सत्तारूढ दलहरू संघीय गणतन्त्रलाई समाप्त पार्न सक्रिय रहेको आरोप लगाए। उनले मधेसका युवाहरू संघीयताकै कारण सरकारी सेवा, प्रहरी, सेना लगायत क्षेत्रमा प्रवेश गर्न सफल भएको भन्दै अब शासक वर्गले संघीयता विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे।
कार्यक्रममा जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, जिल्ला इन्चार्ज एवं कार्यकारिणी सदस्य माधवप्रसाद सिंह, नेताहरु सिपु तिवारी ,डा.अजय यादव ,रम्भा मिश्रा,अधिवक्ता हरिहार साह,श्याम गुप्ता,सिमा गुप्ता, अनिता रौनियार ,विनय यादव, नजमा खातुन, जीवन त्यागी,उदय यादव ,संजय सिह ,नरेश राम,राजुराज गिरि लगायतका नेताकार्यकर्ताहरूकोपनि सहभागिता थियो।

