Madhes Khabar
राजनीति हेडलाइन

गठबन्धनको आधिकारीक उम्मेदवार म नै हो : काँग्रेस नेता क्षेत्री

मधेसखबर
वीरगन्ज, २४ असोज : पर्सा क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका जनार्दन सिंह क्षेत्रीले सत्तागठबन्धनको आधिकारीक उम्मेदवार आफु नै भएको बताएका छन् ।

सत्तागठबन्धमै रहेको नेकपा एकिकृत समाजवादीबाट प्रहलाद गिरीले पनि त्यहि क्षेत्रमा उम्मेदवारी दिएपछि गठबन्धको आधिकारीक उम्मेदवार को भन्ने विवाद छ । तर काँग्रेसका जिल्ला सभापति समेत रहेका क्षेत्रीले भने पर्सा ३ को (ख) मा गठबन्धनको आधिकारीक उम्मेदवार आफु नै भएको दाबी गरेका हुन् ।

क्षेत्रीले सत्तागठबन्धनमा भएको सहमति अनुसार प्रतिनिधीसभा तर्फ पर्सा ३ र प्रदेशसभा तर्फ ३ को (ख) काँग्रेसको भागमा तथा पर्सा ३ को (क) माओवादी केन्द्रको भागमा परेकाले पर्सा ३ को (ख)मा गठबन्धनको आधिकारीक उम्मेदवार आफु नै भएको बताए ।

भोजपुरीमा व्यंग्य गर्दै क्षेत्रीले भने ,‘ हम मदारी ना हइ , हम १३ को पार्टी बदलेवाला नेता भी ना हइ , जनता इ सब बुझाता ।
उनले गठबन्धनलाइ धरापमा नपार्न नेकपा एकिकृत समाजवादीका नेताहरुलाइ आग्रह पनि गरे । उनले भने ,‘ म नेकपा एसका नेताहरुलाइ अनुरोध गर्छु गठबन्धनलाइ धरापमा पार्ने काम नगर्नुस् , क्षणिक आवेशमा आएर गठबन्धनको खिलाफमा नजानुस् ।

क्षेत्रीले पर्सा जिल्लामा अहिले सम्म भएका विकास निर्माणका काम काँग्रेसकै कारण भएको जिकिर पनि गरे । नागरिकता लगायत मधेसका मुद्धाहरु सम्बोधन गर्न आगामी सरकार काँग्रेसकै नेतृत्वमा बन्नु पर्ने उनले बताए ।

Related posts

पर्साकाे पाेखरियामा मालपाेत तथा नापी कार्यालय स्थापना गर्ने सरकारकाे निर्णय

MadhesKhabar

जन्मदिन ,वैवाहिक वर्षगाँठ जस्ता उत्सवहरु समाज सेवा गरेर मनाउने चलन बढ्दै

MadhesKhabar

समानुपातिकमा शेखर समुहलाई सम्मानजनक हिस्सा दिन देउवा तयार

MadhesKhabar

Leave a Comment