Madhes Khabar
राजनीति हेडलाइन

गठबन्धनको आधिकारीक उम्मेदवार म नै हो : काँग्रेस नेता क्षेत्री

मधेसखबर
वीरगन्ज, २४ असोज : पर्सा क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका जनार्दन सिंह क्षेत्रीले सत्तागठबन्धनको आधिकारीक उम्मेदवार आफु नै भएको बताएका छन् ।

सत्तागठबन्धमै रहेको नेकपा एकिकृत समाजवादीबाट प्रहलाद गिरीले पनि त्यहि क्षेत्रमा उम्मेदवारी दिएपछि गठबन्धको आधिकारीक उम्मेदवार को भन्ने विवाद छ । तर काँग्रेसका जिल्ला सभापति समेत रहेका क्षेत्रीले भने पर्सा ३ को (ख) मा गठबन्धनको आधिकारीक उम्मेदवार आफु नै भएको दाबी गरेका हुन् ।

क्षेत्रीले सत्तागठबन्धनमा भएको सहमति अनुसार प्रतिनिधीसभा तर्फ पर्सा ३ र प्रदेशसभा तर्फ ३ को (ख) काँग्रेसको भागमा तथा पर्सा ३ को (क) माओवादी केन्द्रको भागमा परेकाले पर्सा ३ को (ख)मा गठबन्धनको आधिकारीक उम्मेदवार आफु नै भएको बताए ।

भोजपुरीमा व्यंग्य गर्दै क्षेत्रीले भने ,‘ हम मदारी ना हइ , हम १३ को पार्टी बदलेवाला नेता भी ना हइ , जनता इ सब बुझाता ।
उनले गठबन्धनलाइ धरापमा नपार्न नेकपा एकिकृत समाजवादीका नेताहरुलाइ आग्रह पनि गरे । उनले भने ,‘ म नेकपा एसका नेताहरुलाइ अनुरोध गर्छु गठबन्धनलाइ धरापमा पार्ने काम नगर्नुस् , क्षणिक आवेशमा आएर गठबन्धनको खिलाफमा नजानुस् ।

क्षेत्रीले पर्सा जिल्लामा अहिले सम्म भएका विकास निर्माणका काम काँग्रेसकै कारण भएको जिकिर पनि गरे । नागरिकता लगायत मधेसका मुद्धाहरु सम्बोधन गर्न आगामी सरकार काँग्रेसकै नेतृत्वमा बन्नु पर्ने उनले बताए ।

Related posts

मधेस प्रदेश : ‘संघीयताको जगमै जालझेलको राजनीति ’ जिम्मेवार को ?

MadhesKhabar

पर्सा २ (ख) मा स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंह प्रति जनलहर बढ्दै

MadhesKhabar

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने

MadhesKhabar

Leave a Comment