Madhes Khabar
राजनीति हेडलाइन

प्रदीप यादवको घरदैलो अभियान निरन्तर, हरपतगंजमा जनता दर्शन सम्पन्न

वीरगंज, ३ फागुन: नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन्।

आज बिहान वीरगंज महानगरपालिका वडा नं. २० हरपतगंजमा आयोजित कार्यक्रममा यादवले स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र गुनासाहरू सुनेका थिए।

उम्मेदवार यादवले जनताको विश्वास र समर्थनलाई आफ्नो अभियानको मुख्य आधार बताउँदै विकास निर्माण, सुशासन र समावेशी विकासका पक्षमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एमालेका केन्द्रीय नेताहरू तथा ठूलो संख्यामा स्थानीय अगुवा नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। यादवले वडा नं. २० का मतदाता तथा सर्वसाधारणबाट उल्लेख्य माया र समर्थन प्राप्त भएको बताएका छन्।

Related posts

मधेसको मुख्यमन्त्री पाएमात्र नयाँ सरकारमा जाने जनमत पार्टीको शर्त

MadhesKhabar

जयमङगलापुरमा काँग्रेस उम्मेदवार रिजालाई भव्य स्वागत

MadhesKhabar

सिमरा विमानस्थल स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन

MadhesKhabar

Leave a Comment