Madhes Khabar
शिक्षा

पर्सा औराहाको विधालयमा व्यवस्थापन समिति गठन

प्रमोद यादव

पर्सा,३० साउन :पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नंबर १ औराहामा  रहेको भोले शंकर आधारभुत विधालयमा विद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ ।

सोमबार सम्पन्न अभिभावक भेलाले    जगन्नाथ प्रसादको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरेको हो । समितिको  सदस्यमा  तुलसी महतो,हिम प्रसाद सिलवाल,सचिता बुढाथोकी,गोपाल हजरा, श्याम बहादुर सिलवाल रहेका छन् । यस्तै शिक्षक प्रतिनिधिमा सुरेन्द्र प्रसाद महतो र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक चन्केश्वर  भण्डारी रहेका छन् ।

यस्तै सोमबार नै  विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।शिक्षक अभिभावक समितीको अध्यक्षमा हृदय नारायण राउत तथा सदस्यहरुमा देवी बहादुर थापा ,देवराज घिमिरे ,उमा कुमारी बस्नेत,निरभय प्रसाद कुर्मी,सुनितागिरी,सन्तोष पटेल र सदस्य सचीव  प्रअ चन्केश्वर भण्डारी रहेका छन्  ।

कार्यक्रममा सखुवा प्रसौनी गापा वडा नम्बर १ का वडा अध्यक्ष बासुदेव महतो,सखुवा प्रसौनी गापा शिक्षा शाखा प्रमुख नेपालेन्दु साह लगाएतको उपस्थिति रहेको थियो

Related posts

भारतले दिएको थप ३९ करोडको परियोजनामा पोखरियाको विद्यालयका लागि साढे ११ करोड बजेट

MadhesKhabar

सरकार र शिक्षक महासंघबीच आज भएको वार्ता पनि निष्कर्षविहीन

MadhesKhabar

एसईईमा मधेस प्रदेशका आधा भन्दा धेरै विद्यार्थी अनुत्तीर्ण

MadhesKhabar

Leave a Comment