Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

राजश्व संकलनमा कमी र अनुदान कटाैतीले घट्याे वीरगन्ज महानगरकाे बजेट

वीरगन्ज, ८ असार:वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२का लागि २ अर्ब ८९ कराेड ४७ लाख रुपैयाँकाे अनुमानित बजेट ल्याएको छ ।
शनिबार  आयाेजित वीरगन्ज महानगरपालिकाकाे नगरसभाको १५ ओैं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ८९ कराेड ४८ लाख १७ हजार रुपैयाँ बराबरकाे अनुमानित आयव्यय सहितकाे बजेट प्रस्तुत गरेका हुन् ।
वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ काे तुलनामा आगामी आर्थिक वर्षका लागि ६२ कराेड घटाएर बजेट ल्याएको हाे।चालु आर्थिक वर्षमा वीरगन्ज महानगरकाे बजेट संशाेधनसहित ३ अर्ब ५१ कराेड रुपैयाँकाे रहेकाे थियाे।त्यसअघिकाे आर्थिक वर्ष २०७९/८० का लागि भने वीरगन्ज महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २ हजारको बजेट  ल्याएको थियो ।
आगामी आर्थिक वर्षकाे कुल बजेटमध्ये चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख  अर्थात ७०.७ प्रतिशत र पूँजीगत खर्चतर्फ ८१ करोड १८ लाख  अर्थात २८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख  लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ । त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरि बजेट व्यवस्थापन गरिएको महानगरका उपमेयर आलमले जनाए  ।
नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पचिस प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजश्व असुलीमा आएको सङ्कुचनको कारण राजश्व बाँडफाँड घट्न गएको, घर जग्गा कारोबारमा आएको मन्दीको कारणबाट घरजग्गा रजिष्ट्रेशन आयस्रोत समेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको बताए । यस्तै प्रदेश सरकारबाट सशर्त अनुदान र बिशेष अनुदानको रुपमा थप अनुदान रकम प्राप्त हुन नसक्दा समग्रमा राजश्व परिचालन लक्ष्य अनुरुप हुन नसक्दा पनि काम गर्न कठिनाई आएको आलमले बताए ।
चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भएपनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रमहरु समेटिएको मेयर राजेशमान सिंहले बताए  ।

Related posts

बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो , घाइते २० जनालाइ भरतपुर पठाइयो

MadhesKhabar

आज मधेसी समुदायमा भइया दुज पर्ब मनाइदैं

MadhesKhabar

बाराकाे चिलझप्टीका आगलागी पिडितलाई राहत वितरण

MadhesKhabar

Leave a Comment