
काठमाडौं,५मंसिरःकेही दिनअघि लगातार घटेको सुनको भाउ अहिले फेरि बढ्न थालेको छ । सुन मूल्य तीन दिनयता लगातार बढिरहेको छ । नेपाली बजारमा हिजो (मंगलबार)को तुलनामा आज (बुधबार) सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।
हिजो भने सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।गत सोमबार भने सुनको भाउ तोलाको १ लाख ६१ हजार रुपैयाँ थियो । आइतबार भने सुन तोलाको १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली बजारमा पनि प्रभाव पारेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक १५ मा प्रतितोला भाउ १ लाख ७१ हजार रुपैयाँ निर्धारण गरेको थियो । यो मूल्य अहिलेसम्मकै उच्च थियो ।
त्यस्तै हिजोको तुलनामा आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ ।आज नेपाली बजारमा चाँदीको भाउ १ हजार ९ सय ५० रुपैयाँ कायम गरिएको छ ।साभारःकान्तिपुर

