Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

उद्योग दिवस वीरगन्जमा पनि मनाइयो

मधेसखबर
वीरगन्ज,०९ मंसिर : ८औं उद्योग दिवस वीरगन्जमा पनि मनाइएको छ ।उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संघको सभाकक्षमा शुक्रबार ८ औं उद्योग दिवस मनाइएको हो ।

दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले वीरग्नज उद्योग वाणिज्य संघको परिसरमा सङ्घको झण्डा झण्डोत्तोलन गरे । त्यही अवसरमा घरेलु तथा साना उद्योग कार्यालय र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संघको सभाकक्षमा “औद्योगिक लगानी र पूर्वाधार ः समृद्धिको बलियो आधार” भन्ने नारा सहित अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले उद्योगहरु स्थापनाका लागि औद्योगिक वातावरण निर्माण गरिने, औद्योगिक शान्ति सुरक्षाको व्यवस्था मिलाइने, उद्योग सम्बन्धी नीतिगत समस्याहरुमा सुधारको लागि पहल गरिने बताए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनन्जय कुमार सिंहले घरेलु तथा साना उद्योग सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघको परिसरमा अनवरण गरिएको निलो पृष्ठभूमिमा संघको लोगो अंकित ५ फिट चौडाई र २.५ फिट उचाई भएको झण्डा अनवरत रुपमा फहरिने बताएदै संघका कार्यवाहक अध्यक्ष हरि गौतमले यस झण्डाले उद्योगी व्यवसायीहरुमा एकता कायम राख्ने बताए । उनले सरकारी नीति नियमहरु स्थिर नरहेकोले उद्योगहरु फस्टाउन नसकेकोले दीर्घकालीन नीति नियमको तर्जुमा हुनु पर्नेमा जोड दिए ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले उद्योगहरुको स्थापनाको लागि चाहिने सामाजिक संस्कारको विकास हुन नसकेको बताए । उनले स्वदेशी लगानीमा सञ्चालित उद्योगहरुको संरक्षण नभइञ्जेल अर्थात् उनीहरुको लगानी संरक्षण हुने सुनिश्चितता नभइञ्जेल विदेशी लगानी भित्रिन नसक्ने बताए ।

उद्योग विभागका महानिर्देशक सुशील कुमार साहले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, महासचिव मनोज कुमार दास लगायतको पनि सहभागीता थियो ।

 

Related posts

चुनावमा पर्सा–बाराको भारतीय बोर्डर ७२ घण्टा सिल गर्ने सहमति

MadhesKhabar

भारतकाे कीट युनिभर्सिटीमा फेरि अर्काे नेपाली छात्रा मृत भेटिइन् : मृतक वीरगन्जकी प्रिशा साह

MadhesKhabar

पानीका लागि व्याकुल वीरगन्जवासी : किन भयो यस्तो पानीको हाहाकार ? के गर्दैछ सरकार ?

MadhesKhabar

Leave a Comment