वीरगन्ज,१३असार:पर्सामा सकृय राजनीतिक दलहरुले वीरगन्ज-३२ रामवनमा मानवबस्ती जाेगाएर चिडियाखाना बनाउन माग गरेका छन् ।
रामवनमा संघ सरकारले प्राकृतिक चिडियाखाना निर्माणका लागि जग्गाको तारबार लगाउने काम अहिले गरिरहेकाे छ।चिडियाखाना र सैनिक तालिम केन्द्र निर्माण गर्न लागिएको रामवनकाे स्थलगत अवलाेकन र स्थानीयसंग छलफल गरिसकेका राजनीतिक दलका नेताहरुले बिहीबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ध्यानाकर्षण पत्र बुझाउँदै चिडियाखाना र सैनिक तालिम केन्द्र बनाउँदा स्थानीयकाे उठीबास नगर्न माग गरेका हुन्।
नेपाली कांग्रेस , नेकपा एमाले, जसपा, राप्रपा , रास्वपा, नागरिक उन्मुक्ति पार्टी,नेकपा एकिकृत समाजवादी लगायतका दलले बिहीबार प्रमुख जिल्ला अधिकारी भुसाललाई संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।
चिडियाखाना निर्माणका लागि डिभिजन वन कार्यालय पर्साले १२० भन्दा बढी घरधुरी रहेको मानवबस्ती खाली गर्न १५ दिने सुचना जारी गरिसकेकाे छ ।तर राजनीतिक दलका नेताहरुले मानवबस्ती जाेगाएरपनि चिडियाखाना बनाउन सकिने देखिएकोले मानबबस्ती जाेगाएर नै चिडियाखाना बनाउनुपर्ने माग गरेकाे जसपा नेपालका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुसालले मानवबस्ती बचाएर कमसे कम क्षतिमा समस्या समाधान गर्न पहल गर्ने बताएकाे रास्वपा पर्साका जिल्ला संयाेजक हरि पन्तले जानकारी दिई ।
ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , नेकपा एमाले पर्साका अध्यक्ष डा. बिश्वम्भर शर्मा,रास्वपा पर्साका संयोजक हरि पन्त ,जसपा नेपाल पर्साका सचिव तबरेज अहम, नेकपा एसका वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरी,राप्रपाका नेता राजिकशाेर यादव, लाेसपा पर्साका अध्यक्ष पुरुषाेत्तमलाल झा, नागरिक उन्मुक्ति पार्टीका नेता रामाशीष प्रसादकाे हस्ताक्षर रहेकाे छ।