Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

विदेश वा अन्य जिल्लाको धार्मिक घटनालाई लिएर वीरगन्जमा अब प्रदर्शन वा आन्दोलन गर्न नपाइने !

वीरगन्ज,२२पुसःअन्य देश वा नेपालकै अन्य जिल्लामा यदि धार्मिक वा सामाजिक सदभाव बिथोल्ने घटना भएमा त्यो विषयलाई लिएर वीरगन्जमा अब कुनैपनि किसिमको प्रदर्शन वा आन्दोलन गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार हिन्दु र मुस्लिम धर्मका अगुवासहितको सर्वपक्षीय बैठकमा उक्त सहमति भएको हो । दुई दिनदेखि अशान्त वीरगन्जमा सामाजिक सदभाव कायम गर्नका लागि सर्वपक्षीय बैठकमा भएको ५ बँुदे सहमतिमा भनिएको छ–‘अन्य मुलुक वा नेपालकै अन्य जिल्लामा हुने धार्मिक वा सामाजिक घटना÷दुर्घटनाको विषयलाई लिएर वीरगन्जमा प्रदर्शन वा आन्दोलन गर्न पाइने छैन । यदि शान्तिपूर्ण प्रदर्शन नै गर्नै परेको खण्डमा सम्बन्धित पक्षले जिल्ला प्रशासन कार्यालयबाट अग्रिम अनुमति लिनुपर्ने र प्रमुख जिल्ला धिकारीसमक्ष ज्ञापन पत्र पेस गर्नुपर्ने छ ।’

यस्तै पाँच बुँदे सहमतिमा भविष्यमा हुन सक्ने धार्मिक र सामाजिक सद्भावविरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न हिन्दु र मुस्लिम अगुवा लगायत सम्मिलित सदभाव समितिपनि गठन गरिएको छ । उक्त सदभाव समितिमा हिन्दु समुदायका तर्फबाट रन्जित साह र रन्जन सिंह,मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र मौलाना असगर मदनी, राजनीितक दलका एक एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष , नागरिक सामाजका एक जना प्रतिनिधिलाई रहेका छन् ।

उक्त सदभाव समितिले भविष्यमा हुन सक्ने धार्मिक र सामाजिक सद्भावविरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्ने तथा आवश्यक कानूनी कारबाहीका लागि कानूनी निकायमा सिफारिस गर्ने सहमतिपनि गरिएको छ ।

जिल्ला प्रशनसन कार्यालय पर्सामा मंगलबार सुरक्षा निकायका प्रमुखहरुको रोहबरमा बसेको सर्वपक्षीय बैठकमा भएको ५ बुँदे सहमतिपत्रमा हिन्दु धर्मका अगुवा, मुस्लिम धर्मका अगुवाका साथै जिल्लामा कृयाशील राजनीतिक दलका प्रतिनिधि लगायतकाले हस्ताक्षर गरेका छन् ।

Related posts

७ वर्षसम्म साङ्लोले बाँधिएका बाराका जोगेश्वरले पाए नयाँ जीवन

MadhesKhabar

माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

MadhesKhabar

औषधि उत्पादक संघले वीरगन्ज महानगरलाई दियो १० थान कम्प्युटर र ४ थान प्रिन्टर

MadhesKhabar

Leave a Comment