Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

मुस्लिमको ‘दाहा’ मा डिजे र हातियारको प्रदर्शन निषेध, बालबालिकालाई सहभागी नगराउने सहमति

वीरगन्ज,१९असारःवीरगन्जमा यहि असार २२ गते मुस्लिम धर्मावलम्मबीहरुको पर्व मोहर्रमा निकालिने ‘ताजिया’ अर्थात ‘दाहा’लाई शान्तिपूर्र्ण रुपमा सम्पन्न गराउने उदेश्यले बिहीबार वीरगन्ज महानगरका मेयर, जिल्लाका सुरक्षा निकायका प्रमुख र मुस्लिम अगुवाहरुबीच आज छलफल भएको छ ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको कार्यकक्षमा मेयर राजेशमान सिंहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको विशेष उपस्थितीमा भएको छलफलमा ‘ताजिया’ अर्थात ‘दाहा’लाई लक्षित गरि विभिन्न ६ बुँदे निर्णयहरु गरिएको छ ।

बैठकले असार २२ गते आइतबार परेको ‘ताजिया’ अर्थात ‘दाहा’ का दिन वीरगन्जका विभिन्न वडाबाट निकालिने ताजियालाई घण्टाघरमा जम्मा हुन दिने,प्रत्येक वडाबाट निकालिने ताजियाको लागि संयोजन टोली गठन गरी असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने,ताजिया निकाल्दा हातहतियार र डिजेको प्रयोग पूर्ण रूपमा निषेध गर्ने,बालबालिकालाई ताजियामा सहभागी नगराउने,जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्ने /नगराउने ,वीरगन्ज् महानगरका मेयर राजेशमान सिंहको संयोजकत्वमा एक मुस्लिम समुदायका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित अनुगमन समिति गठन गर्ने तथा कार्यक्रमको सम्पूर्ण सुरक्षा स्थानीय प्रहरी प्रशासनले गर्ने निर्णय गरेको हो ।

विगतमा गत चैत २८ गते हनुमान जयन्तीको अवसरमा वीरगन्जमा निकालिएको शोभा यात्राका क्रममा भएको तनावपूर्ण अवस्थाको पुनरावृत्ति रोक्न स्थानीय सरकार र सुरक्षा निकायहरू यसपटक गम्भीर र सतर्क देखिएका छन्। धार्मिक सद्भावमा असर पार्ने गतिविधिबाट शिक्षा लिँदै, मुस्लिम समुदायको महत्वपूर्ण पर्व ‘ताजिया’ (दाहा)लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले बिहीबार सरोकारवालाहरु छलफल गरिएको हो ।

बिहीबारको बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगन्जका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभाग पर्साका प्रमुख सन्तोष ढुंगेल,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्न्दलाल कर्ण सहित मुस्लिम समुदायका अगुवाहरूकोपनि सहभागिता रहेको थियो।

Related posts

वस्ती खालि भए मात्र निजगढ विमानस्थलका लागि रुख काट्ने अनुमति दिन्छौ : वन मन्त्री यादव

MadhesKhabar

गढीमाई मन्दिरमा दसैंमा साढे ९ लाख नगद र ३३ थान सुनचाँदीका गहना भेटीका रुपमा संकलन

MadhesKhabar

पर्साकाे पटेर्वा सुगाैलीमा परीक्षा दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन

MadhesKhabar

Leave a Comment