Madhes Khabar
स्थानिय हेडलाइन

समाज रुपान्तरणका लागि युवा पुस्ता अगाडि बढ्नु पर्छ : सांसद यादव

वीरगन्ज,२५असार: पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले ज्येष्ठ नागरिकको अनुभव र आशिर्वादले युवा पुस्ताले समाज परिवर्तन गर्नुपर्ने बताएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २० मा साेमबार अपौनी युथ क्लबले आयोजना गरेको क्लबको कार्यालय उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले समाज रुपान्तरणका लागि ज्येष्ठ नागरिकको अनुभव र मार्गनिर्देशको आवश्यक्ता औँल्याए ।

जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतकसमेत रहेका यादवले क्लबमा आवद्ध भएर युवाहरुले सामाजिक कार्यमा देखाएको सक्रियता अनुकरणयोग्य रहेको बताए । क्लबले गर्ने हरेक सामाजिक कार्यमा आफुले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । क्लबको कार्यालयको उद्घाटन गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले विवाह भवन निर्माणसँगै टावर लाइट जडान गर्ने बताए ।

समाजलाई सबल, सक्षम र समृद्ध बनाउनका लागि जोश र जाँगरसहितका युवाहरुको अहम भुमिका रहेको हुँदा क्लबमार्फत जिम्मेवारी बहन गर्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष रामकिशोर सिंह पराग, वडा नम्बर २६ का वडाअध्यक्ष शम्भु मिश्रा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष साजन कुमार रायको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा गाउँभरीका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गाउँमै प्रयोगबिहिन अवस्थामा रहेको धर्मशालाको भवनलाई क्लबले कार्यालय भवनको रुपमा उद्घाटन गरेको क्लबका अध्यक्ष साजन कुमार रायले बताए । उनकाअनुसार क्लबमार्फत सामाजिक कार्य गर्ने योजना छ । आगामी दिनमा क्लबलाई सशक्त बनाउने उनले बताए । सल्लाहकार सन्दिप पुरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार चन्द्रीका प्रसाद चौरसियाले गरेका थिए ।

Related posts

जालिमका छोरा मतपत्र र स्वास्तिक छाप सहित पक्राउ

MadhesKhabar

वीरगन्ज गाेल्डकप फुटबल फागुनमा

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढयो

MadhesKhabar

Leave a Comment