Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको मेनरोड विस्तारबारे सर्वोच्चले छिट्टै निकास देओस् : सांसद प्रभु हजरा

वीरगन्ज,५चैतः प्रतिनिधी सभा सददस्य प्रभु हजराले वर्षौदेखि अदालतमा अड्किएकोे वीरगन्जका विकासका योजनाहरुको मुद्धा यथाशीघ्र टुङ्ग्याउन कानूनमन्त्रीमार्फत सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिनधी सभाको बैठकमा बोल्दै पर्साका एमाले नेता समेत रहेका सांसद हजराले सर्वोच्च अदालतमा पटकपटक पेशी सर्दै आएको वीरगन्जको मेनरोड विस्तार सम्बन्धि मुद्धाको यथाशीघ्र छिनोफानो गरिदिन कानूनमन्त्री मार्फत सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने,‘वर्षौदेखि सर्वोच्च अदालतले मेनरोड विस्तारविरुद्ध परेको मुद्धाको फैसला नगरी अड्क्याएर राखेको छ । यसले वीरगन्जको विकासामा बाधा पुगेको छ । त्यसकारण यथाशीघ्र सर्वोच्च अदालतले त्यसको छिनोफानो लगाइदिनुपर्छ ।

यस्तैै वीरगन्जको नारायणी अस्पतालमा ५०० शैयाको सुविधासम्पन्न भवन बनाउने सरकारको निर्णयपनि बर्षौदेखि सर्वोच्चमै अड्कीएर बसेको हजराले बताए । हजराले भने,‘अस्पतालको उक्त भवन सम्बन्धि मुद्धा बारेपनि सर्वोच्च अदालतले निकास देओस् भनेर म कानूनमन्त्री ज्यु मार्फत ध्यानाकर्षण गराउन चाहन्छु।’

Related posts

सुकुम्बासीको समस्या समाधानका लागि पून सूचना गर्न भूमी आयोगलाई वीरगन्ज महानगरको आग्रह

MadhesKhabar

वीरगन्जमा पनि इर्द पर्बको उल्लास

MadhesKhabar

घडीअर्वा छठघाट सजावटको काम तिब्र, शुक्रबार रक्तदान कार्यक्रम

MadhesKhabar

Leave a Comment