Madhes Khabar
खेलकुद हेडलाइन

एसिया कपमा भारत र पाकिस्तासंग भिड्ने नेपाली टिमको घोषणा

फाइल फोटो

काठमाडौं, २९ साउन : नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ। एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो।

नेपाली टिममा कप्तान पौडेलसंगै आसिफ शेख, आरिफ  शेख, गुल्शन झा, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल परेका छन् ।

एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। उक्त समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ।

एसिया कपअघि नेपालले अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्नेछ। एक साता पाकिस्तानमा तयारीका दौरान नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ।नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि प्रशिक्षणका लागि ५ भदौमा कराँचीमा पुग्नेछ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरु श्रीलंकामा हुन लागेका हुन् ।

एसिया कपको पहिलो पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ।नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।

तीन–तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) मा हुनेछ।

Related posts

भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा

MadhesKhabar

वीरगन्जको सडकमा फोहोर फाल्नेहरुलाई गरिएको कारबाहीबाट १ लाख ५८ हजार जरिवाना असुल

MadhesKhabar

काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : सुकुम्बासीलाइ जग्गा काँग्रेसकै सरकारले दिलाउछ

MadhesKhabar

Leave a Comment