Madhes Khabar
शिक्षा हेडलाइन

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

मधेसखबर
वीरगन्ज ,०९ असाेज : अभिभावक संघर्ष समिति वीरगन्जले गौतम माध्यमिक विद्यालय प्रशासनले सार्वजनिक माफी नमागे उक्त विधालय विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएकाे छ ।

अभिभावक संघर्ष समितका संयाेजक सन्दिप साहले आइतबार सामाजिक सन्जाल मार्फत एक सुचना जारी गर्दै गाैतम मावि प्रशासनले अभिभावकहरुलाइ जाेडेर अमर्यादित शब्द प्रयाेग गरि बदनाम गर्ने नियतले सामाजिक सन्जाल मार्फत झुठाे भ्रम फैलाएकाे आपत्ति जनाउदै माफी नमागे विधालय विरुद्ध आन्दाेलनमा उत्रिने चेतावनी दिएका हुन् ।

उनका अनुसार गाैतम माविले मनपरी ढंगले ४५ प्रतिशत शुल्क बृद्धि गरेकाे र त्रैमासिक परिक्षाकाे रिजल्ट लिन जादा अभिभावकहरुसं विधालय प्रशासनका कर्मचारीले उल्टै धाकधम्की दिएर अभिभावकसंग दुर्व्यवहार गरेका थिए ।

त्यसैकाे बहानामा विधालय प्रशासनले एक सुचना जारी गरेर केही असमाजिक तत्वहरुले विधालयमा अराजक गतिविधी गरेकाले शैक्षिक वातावरण बिथाेलिएकाे र शिक्षक कर्मचारी असुरक्षित भएकाे भन्दै आइतबार देखि अनिश्चितकालका लागि विधालय बन्द गरिएकाे जनाएकाे छ।

विधालय प्रशासनले जारी गरेकाे उक्त सुचनामा अभिभावकहरु बारे अमर्यादित शब्द प्रयाेग गरिएकाे र उल्टै अभिभावकलाई बदनाम गर्न खाेजिएकाले विधालय प्रशासनले माफी नमागे विधालय विरुद्ध सम्पुर्ण अभिभावकहरु आन्दोलनमा उत्रिने चेतावनी साहले दिएका हुन् ।

साहले अभिभावकहरुले वृद्धि गरिएकाे शुल्क नतिरेपछि विद्यालयले संचालन गरेकाे परिक्षाकाे नतिजा राेकेकाे र त्यहि बारेमा विधालयमा जादा अभिभावकहरुलाई विधालय प्रशासनका कर्मचारीले उल्टै धाकधम्की दिएर दुर्व्यवहार गरेकाे बताएका छन् ।

विद्यालयले विद्यार्थीहरुकाे नतिजा राेकेकाे अभिभावकहरकाे गुनासाे पश्चात शनिबार विद्यालयमा पुगेका अभिभावक संघर्ष समिति र अनेरास्ववियु लगायत विभिन्न बिद्यार्थी संगठनहरुसंग पनि गाैतम मावि प्रशासनका कर्मचारीले बाउन्सर प्रयाेग गरि दुर्व्यवहार समेत गरेकाे साहकाे आराेप छ ।

बृद्धि गरेकाे शुल्क नतिर्ने विद्यार्थीहरुकाे नतिजा राेकेपछि पुगेका अभिभावकहरु र विद्यार्थी नेताहरुलाई विद्यालय प्रशासनका कर्मचारीले बाउन्सर र प्रहरी प्रशासनकाे माध्यमले दुर्व्यवहार गर्दै उल्टै धम्काउने काम गरेकाे अनेरास्ववियुका नेता मेराजुल हवारीले पनि बताए । विद्यार्थीलाई पढाईमा अवरोध गर्ने ,शुल्कको नाममा विद्यार्थीलाई शोषण गर्ने र शुल्कको बहानामा विद्यार्थीलाई नतिजाबाट बञ्चित गर्ने गाैतम माविकाे हर्कतगलत भएकाे उनले वताए ।

 

विद्यालय प्रशासनले धाकधम्की दिएकाे विराेधमा अनेरास्ववियु लगायत अन्य विद्यार्थी सङ्गठन र अभिभावक संघर्ष समितीले छलफल गरि थप संघर्षकाे कार्यक्रम अगाडि बढाउने विद्यार्थी नेता हवारीले जानकारी दिए ।

Related posts

वीरगन्जमा भड्किलो प्रचार , कार्वाही गर्ने निकाय मुकदर्शक

MadhesKhabar

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते

MadhesKhabar

यदि मैले भ्रष्टचार गरेको छु भने अख्तियार आएर छानबिन गरोस् : मेयर सिंह

MadhesKhabar

Leave a Comment