Madhes Khabar
राजनीति

मधेसलाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गरि विशेष राहत दिन एमाले पर्साकाे माग

वीरगन्ज ,२३साउन : नेकपा एमाले पर्साले पनि मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएकाे छ ।

हालै लामाे समयसम्म भएकाे खडेरीले चापाकल सुकेर पिउने पानीको समेत अभाव भएकाे र सिंचाइकाे अभावमा धान राेपाईपनि हुन नसकेकाले यी लगायतका समस्या समाधानकाे माग राखेर एमाले पर्सा जिल्ला कमिटीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हाे ।

मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी विशेष राहतको व्यावस्था गर्न, पिउने पानीको उचित व्यावस्थापन गर्न , अघोषित लोडसेडिङ अन्त्य गर्न , किसानले पालेका पशु चाैपायालाई लम्पिस्किन विरुद्धको खाेप उपलब्ध गराउन लगायतका माग एमाले पर्साले सरकारसंग गरेकाे छ ।

 

नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्माको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेकपा एमालेका वीरगन्ज महानगर कमिटी सचिव सुन्दर कुर्मी, पकाहामैनपुर गाउँपालिकाका एमाले अध्यक्ष अकलेश साह, अनेरास्ववियुका नेता पवन यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

Related posts

मधेसका जनताको सुविधा नखोस्न बालेन सरकारलाई कांग्रेस सभापति गगनको चेतावनी

MadhesKhabar

बाराको विकास र मधेसका एजेण्डा स्थापित गर्न पनि उपेन्द्रले जित्नुपर्छ : लोसपा नेता सोनल

MadhesKhabar

कांग्रेस सभापति थापाको संकल्प : बदल्यौं कांग्रेस, बदल्छौं देश

MadhesKhabar

Leave a Comment