Madhes Khabar
राजनीति

कांग्रेस सभापति थापाको संकल्प : बदल्यौं कांग्रेस, बदल्छौं देश

काठमाडौँ,९माघःनेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेस बदलेर आएको भन्दै देश बदल्ने संकल्प गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पदबहाली गरेपछि पार्टीको माइन्यूट गर्ने रजिस्टरमा थापाले उक्त संकल्प गरेका हुन् । उनले लेखेका छन्, ’बदल्यौं कांग्रेस, बदल्छौं देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई आगामी प्रतिनिधिसभा चुनावमा प्रधानमन्त्री पदको उम्मेदवार बनाएर जाने निर्णय गरेको छ । उक्त बैठकपछि थापाले सञ्चारकर्मीहरुसँग कांग्रेस विशेष महाधिवेशनबाट जनभावनाअनुसार बदलेर आएको बताए । उनले आगामी दिनमा देशको दिशा बदल्ने नीति लिने बताए ।

थापा गत पुस २७ देखि ३० सम्म भएको विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि पहिलोपटक शुक्रबार पार्टी कार्यालय पुगेका हुन् ।साभारःइकान्तिपुर

Related posts

चुनाव हारेपनि जनताको सेवामा समर्पित रहन्छु : पूर्वमन्त्री प्रदीप यादव

MadhesKhabar

समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव चयन

MadhesKhabar

जसपा–एमाले गठबन्धनलाई मत दिन अपिल गर्दै पर्सा १ मा प्रदीप र विचारीको रोड शो

MadhesKhabar

Leave a Comment