Madhes Khabar
राजनीति

समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव चयन

मधेसखबर
वीरगन्ज , २१ साउन : नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन्।
पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले दुवैलाई केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादव चयनलाइ चयन गर्ने निर्णय गरेको हो । यस्तै पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई तथा महासचिवमा रमेश यादवलाई चयन गरिएको छ ।

बैठकले सात वटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ।

प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधे प्रदेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, सुदूरपश्चिममा डा. जनक शाह, कर्णालीमा देवी बहादुर बुढाथोकी चयन भएका छन्।
गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन्। पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली राखेको छ।

Related posts

पर्सा–३ मा एमालेका पाण्डेयलाई जिताउन उपमहासचिव भट्टाराईसहित तीन केन्द्रिय नेता खटिदैं

MadhesKhabar

आशिका तामाङलाई रास्वपाले दियो टिकट

MadhesKhabar

इमान्दारिताका साथ सेवाग्राहीको कामलाई प्राथमिकता दिन मन्त्री गुप्ताको निर्देशन

MadhesKhabar

Leave a Comment