Madhes Khabar
राजनीति

इमान्दारिताका साथ सेवाग्राहीको कामलाई प्राथमिकता दिन मन्त्री गुप्ताको निर्देशन

काठमाडौं,१३भदौं :संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामति कर्मचारीहरुले इमान्दारिताका साथ सेवाग्राहीको कामलाई प्राथमिकता दिनुपर्नेमा जााोड दिएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले आयोजना गरेको नेपाल प्रशासन सेवा , सामान्य प्रशासन समुहमा तृतीय श्रेणीका अधिकृतको ३८ औ आधारभूत प्रशासन प्रशिक्षणको दीक्षान्त समारोहमा १०५ जना शाखा अधिकृतलाई बधाई दिँदै उनले यस्तो बताएका हुन् ।

तालिमबाट प्राप्त ज्ञान र सीपलाई जनताको हितमा प्रयोग गर्न तथा इमान्दारिताका साथ सेवाग्राहीको कामलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।उनले प्रशिक्षार्थीहरुलाई कसैको मोलाहिजा र प्रलोभनमा नपरी आफ्नो प्रतिभा , क्षमता र कार्यशैलीद्वारा छिटो र चुस्त सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिए ।

कुनै प्रभाव र दबावमा नपरी साधन स्रोतको उच्चतम प्रयोगद्वारा राष्ट्रसेवा गर्ने जिम्मेवारी सम्हाल्न तयार रहनु पर्ने मन्त्री गुप्ताले बताए ।

Related posts

पर्सामा को को ले उम्मेदवारी फिर्ता लिए ? ( नाम र क्षेत्र सहित )

MadhesKhabar

बारा २ : एमालेबाट पूर्वमन्त्री पौडेलसहित ३ जनाको नाम सिफारिस

MadhesKhabar

जनकपुरको राराब क्याम्पसमा नेविसंघ विजयी

MadhesKhabar

Leave a Comment