Madhes Khabar
राजनीति

चुनाव हारेपनि जनताको सेवामा समर्पित रहन्छु : पूर्वमन्त्री प्रदीप यादव

वीरगन्ज,२३फागुनःपर्साको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवार भई पराजित भएका पूर्वमन्त्री प्रदीप यादवले चुनावमा पराजय भएपनि आँफु जनताकै सेवामा लागि रहने बताएका छन् ।

शनिबार मतगणनाको अन्तिम नतिजा सार्वजनिक भई रास्वपाका उम्मेदवार हरि पन्त विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यादवले भनेका छन् ,‘ निर्वाचनमा हार भए पनि जनताको सेवा गर्ने मेरो प्रतिबद्धता अडिग रहनेछ। समाज र राष्ट्रको समृद्धिका लागि म निरन्तर समर्पित रहनेछु।’

उनले लेखेका छछन् ,‘लोकतन्त्रको सुन्दरता जनताको मतलाई सर्वोच्च मान्नुमा निहित हुन्छ। यही विश्वासका साथ मैले नेकपा( एमाले) पर्सा निर्वाचन क्षेत्र न.१ सूर्य चुनाव चिह्न बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी भएको थिएँ। यसपटक अपेक्षित परिणाम हासिल गर्न नसके पनि निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। जनताको निर्णय सधैं मेरो लागि मार्गदर्शक रहनेछ।’

यादवले हालै सम्पन्न निर्वाचन यात्रामा आँफुलाई माया, विश्वास र साथ दिनुहुने सम्पूर्ण मतदाता, समर्थक, अग्रज, साथीभाइ, युवाशक्ति तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गर्दै जनताको साथ, प्रेरणा र भरोसाले सधैं उत्साहित बनाइरहने पनि बताएका छन् ।
निर्वाचन अभियानमा दिनरात खटिनुहुने सबै शुभेच्छुक, समर्थक र सहयोगीहरूलाई धन्यवाद दिदैं यादवले भनेका छन्,‘ तपाईंहरूको मेहनत, समर्पण र साथले यो यात्रा अर्थपूर्ण बनाएको छ।’

पर्सा–१ बाट निर्वाचित राष्ट्रीय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि प्रसाद पंत ( हरि पन्त)लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै यादवले क्षेत्र र राष्ट्रको हितका लागि उत्कृष्ट काम गर्न सुझावपनि दिएका छन् ।

Related posts

संसद पुनर्स्थापनाकाे मागसहित सर्वाेच्चमा दायर रिट पार्टीको तर्फबाट हाेइन : गगन थापा

MadhesKhabar

शेयर बजारमा भइरहेको आर्थिक अपराधमा मन्त्रीसमेत संलग्न छन् : प्रदीप यादव

MadhesKhabar

वीरगन्ज ११ मा जसपाको जित ,काँग्रेसका महत्तोलाइ हराउदै बरै वडाअध्यक्षमा विजयी

MadhesKhabar

Leave a Comment