Madhes Khabar
स्थानिय हेडलाइन

सरकारले गरेको मूल्यांकनमा पर्सा जिल्लामा पटेर्वा सुगौली गाँउपालिका भयो प्रथम

वीरगन्ज,८भदौंःपटेर्वा सुगौली गाँउपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२  को नतिजा अनुसार पर्सा जिल्लामै पहिलो अर्थात सर्वोत्कृष्ट भएको छ । यस्तै मधेस प्रदेशका गाँउपालिकाहरुमा पटेर्वा सुगौली गाँउपालिका दोस्रो भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (एलआईएसए) मा ७१.२५ अंक प्राप्त गरि पटेर्वा सुगौली गाँउपालिका पहिलो हुन सफल भएको हो ।

प्रचलित कानुनको पालना गर्दै जनप्रतिनिधिको सहयोग एंव सहकार्य तथा कर्मचारीहरुले आफ्नो पदीय जिम्मेवारी अनुसारको काम पूर्ण लगनका साथ गर्ने गरेका कारण जिल्लाका १४ वटै पालिकामध्ये पटेर्वा सुगौली पर्सा जिल्लामा पहिलो र मधेस प्रदेशका गाँउपालिकाहरुमा दोस्रो हुन सपफल भएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले बताए ।

पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तोले जनप्रतिनिधीसंगै कर्मचारीहरुको इमान्दारिता, मेहनत र लगनका कारणले जिल्लाका १४ पालिकामा पटेर्वा सुगौली प्रथम स्थान प्राप्त गर्न सफल भएको बताइन् । यसले आँफुहरुलाई अबका दिनमा जनहितकारी काम गर्न थप उर्जा मिलेको उनले बताइन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको नीतजा अनुसार, पर्सा जिल्लामा ठोरी गाँउपालिका ६५.५० अंक प्राप्त गरि दोस्रो र वीरगन्ज महानगरपालिका ६५.२५ अंकसहित तेस्रो भएको छ ।

 

Related posts

वीरगन्जका सरकारी विद्यालयहरुले विद्यार्थीलाई दिवा खाजा वितरणमा मनलाग्दी गरेको खुलासा

MadhesKhabar

वीरगन्जमा जेठ २६ र २७ गते फेरि रात्रि बजार

MadhesKhabar

बारामा तेलहन खेती बढ्यो

MadhesKhabar

Leave a Comment