Madhes Khabar
स्थानिय

वीरगन्जबाट १ कराेड भन्दा बढिकाे सामान सहितका दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

मधेसखबर
वीरगन्ज ,८चैत : वीरगन्जबाट प्रहरीले भारतबाट राजश्व छलेर भित्र्याइएकाे आशंकामा १ कराेड भन्दा बढि मुल्यकाे सामान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएकाे छ ।

वीरगन्जबाट मालसामान लिएर नेपालगन्ज तर्फ जाँदै गरेकाे ना८ख १६३१ र ना ४ख ३८३१ नम्बरका दुईवटा ट्रक प्रहरीले वीरगन्ज ८ घण्टाघर चाेकमा राेकेर चेकजाँच गरेकाे थियोे । चेकजाँचका क्रममा ती दुवै ट्रकबाट गरि १ कराेड ११ लाख ९९ हजार रुपैयाँ मुल्यकाे हार्डवेयर र लत्ताकपडा लगायतका सामान बरामद भएकाे पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

भन्सार राजश्व तिरेकाे बिलबिजक भन्दा बढि मुल्यकाे सामान फेला परेपछि सामान सहितका दुवै ट्रक नियन्त्रणमा लिइएको गिरिले बताए ।

सामान सहित नियन्त्रणमा लिइएका दुवै ट्रक अनुसन्धान र कारबाहीको लागि बाराकाे पथलैया राजश्व अनुसन्धान कार्यालयमा बुधबार दिउँसाे बुझाइएको उनले जानकारी दिए ।

Related posts

वीरगन्जको मेनरोडका घरहरुमा डोजर चलेपछि पसलका लागि सटरको अभाव

MadhesKhabar

बारामा पिकअप गाडीकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्युु

MadhesKhabar

बहुदरमाईका निमित्त प्रमुख प्रशासकीय अधिकृत र पाेखरियाका जिन्सी शाखा प्रमुख पक्राउ 

MadhesKhabar

Leave a Comment