Madhes Khabar
स्थानिय हेडलाइन

बारामा पिकअप गाडीकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्युु

सांकेतिक फाेटाे

बारा,१असाेज: बारामा साेमबार साँझ पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ बाराकिलोस्थित पुर्व-पश्चिम राजमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा माेटरिाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

निजगढबाट पथलैया आउँदै गरेको प्र.न.३-०३-००१ प ००३९ नंबरको मोटरसाइकललाई वीरगन्जबाट विराटनगर जाँदै गरेको प्र.न.-३-०१०-२२ च ३१९७ नंबरको पिकअप गाडीले ठक्कर दिएको हो।

दुर्घटनामा माेटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि सामुदायिक प्रसुति अस्पताल निजगढ लगिएकोमा उपचारको क्रममा साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।

ठक्कर दिने पिकअप गाडीका चालक काभ्रेकाे नमोबुद्ध नगरपालिका-२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Related posts

रास्वपाका युवा उम्मेदवार सुशीलको राजनीतिक छलाङ : वडाध्यक्ष छाडेर सांसदको चुनावी भिडन्तमा

MadhesKhabar

बाराकाे बेनाैलीमा मेला लगाउने विषयमा झडप हुदाँ प्रहरीद्वारा आठ राउन्ड हवाई फायर

MadhesKhabar

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

MadhesKhabar

Leave a Comment