Madhes Khabar
स्थानिय

वीरगन्ज जेलमा रहेका बलात्कारीलाई छुटाइदिने भन्दै १७ लाख असुल्ने एक युवक बारामा पक्राउ

वीरगन्ज,१९बैशाखःबलात्कारको अभियोगमा वीरगन्ज कारागारमा रहेका दुई अभियुक्तलाई छुटाइदिने प्रलोभन दिएर १७ लाख रुपैयाँ असुल्ने बाराका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराठपुरका २५ बर्षिय सहदेव पटेल रहेका छन्।उनलाई प्रहरीले बैशाख १४ गते पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार, अपहरण शरिर बन्धक तथा जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षको लागि वीरगन्ज कारागारमा रहेका एक अभियुक्तलाई छुटाईदिन्छु भन्दै उनका आफन्तसंग पटेलले १० लाख रुपैयाँ लिएका थिए । यस्तै जबरजस्ती करणी कसुर मुद्दामा पुर्पक्षका लागि वीरगन्ज कारागारमै रहेका अर्का अभियुक्तका आफन्तसंगपनि पटेलले सात लाख रुपैयाँ लिएका थिए ।

ती दुवै अभियुक्तका आफन्तले दिएको जाहेरीको आधारमा पटेललाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

यसअघि आइतबारपनि बारा प्रहरीले व्याक्ति हत्याको आरोपमा अनुसन्धानका लागि प्रहरी थुनामा रहेका एक अभियुक्तलाई छुटाइ दिने भन्दै अभियुक्तका परिवारसंग ६ लाख रुपैयाँ लिएका बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बडहर्वाका ४१ बर्षिय दुर्गा साह कानुलाई पक्राउ गरेको थियो ।

 

 

Related posts

वीरगन्ज महानगरको अवस्था बारे जनतालाइ जानकारी गराउन श्वेतपत्र जारी गरिने

MadhesKhabar

वीरगन्ज : पाेलमा चढेर विद्युत मर्मत गर्ने क्रममा खसेर विद्युत प्राधिकरणका एक कर्मचारीकाे मृत्यु

MadhesKhabar

वीरगन्जमा नवनिर्मित सडककाे सांसद यादव र मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment