Madhes Khabar
स्थानिय

वीरगन्ज : पाेलमा चढेर विद्युत मर्मत गर्ने क्रममा खसेर विद्युत प्राधिकरणका एक कर्मचारीकाे मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,१साउन:वीरगन्जमा विद्युतकाे तार ममर्त गर्ने क्रममा भर्याङबाट खसेर  विद्युत प्राधिकरणका एक कर्मचारीकाे मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्राविधिक वीरगन्ज महानथरपालिका वडा नम्बर २५ निवासी ५३ बर्षिय रामबाबु चाैधरी मलाह रहेका छन् ।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक धर्मराज थिङका अनुसार,साेमबार बेलुकी ८ बजेतिर वीरगन्ज-१२ मुर्लीमा भर्याङकाे मदतले विद्युतकाे पाेलमा चढेर विद्युत मर्मत गरेर तल झर्ने क्रममा मलाह खसेर भुईमा बजारिएका थिए ।
गम्भीर घाइते मलाहलाई उपचारका लागि नारायणी बयाेधा मेडिसिटी अस्पताल लगिएकोमा बेलुकी ८.४० बजे चिकित्सकले मृत घाेषित गरेकाे प्रहरी निरीक्षक थिङले जानकारी दिए।
मंगलबार शवकाे पाेष्टमार्टम नारायणी अस्पतालमा गरिएपछि शव मृतकका आफन्तले बुझेर लगेकाे थिङले जानकारी दिए।

Related posts

भारत तस्करी गर्न लागिएको एक गाडी रक्सी वीरगन्जको कोनियाँ नाकाबाट बरामद

MadhesKhabar

नारायणगढबाट वीरगन्ज आँउदै गरेकाे बस ३ नम्बर पुलबाट खाेलामा खस्दा ४ जना गम्भीर घाइते

MadhesKhabar

अलौंमा पनि चल्यो महानगरकाे डोजर, हटाइयो अतिक्रमित संरचना

MadhesKhabar

Leave a Comment