Madhes Khabar
राष्ट्रिय

वीरगन्जमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजपनि आएन फैसला

फाइल फोटो

काठमाडौं,११पुष: वीरगन्जमा जारी नेपाल प्राे-क्लब च्याम्पियनसिप टी-२० क्रिकेटमा पर्सा-११ काे कप्तानी गरिरहेका राष्ट्रिय क्रिकेटर सन्दी लामिछानेविरुद्धको जर्बजस्तीकरण सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा आज बुधबारपनि हेर्दाहेर्दैमा रहेको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको मुद्दाकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेको हो।

गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ।

बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरे।सर्वोच्च अदालतले यो मुद्दालाई फास्ट ट्रयाक अर्थात प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुंगो लगाउनसमेत आदेश गरिसकेकोभएपनि जर्बजस्तीकरण सम्बन्धी मुद्दा लम्बिँदै गएको छ।

२०७९ कात्तिकदेखि क्रिकेटर लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा ४० पटकसम्म पेसी चढिसकेको छ।काठमाडौं जिल्ला अदालतले बलात्कार जस्तो संवेदनशील मुद्दा छिन्न ढिलाई हुँदै गरिरहेको टिप्पणी भएको छ।

अन्तिम बहसका लागि दैनिक पेशीमा चढेको मुद्दामा आज बुधबार सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीबाट बहस भएको थियो। मुद्दामा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

पीडित किशोरीको उमेरमाथि प्रश्न उठाउँदै आएपछि अदालतले जन्मदर्ता देखि बसाइसराईसम्मको प्रमाण माग्ने आदेश गरिसकेको छ। हेर्न नभ्याइने, हेर्न नमिल्ने, प्रमाण माग्ने आदेश, हेर्दाहेर्दैमा अल्झिरहेको बलात्कारजस्तो संवेदनशील मुद्दामा ढिलासुस्ती हुँदै आएको हो।

Related posts

वीरगन्जमा सम्पन्न महाधिवेशनबाट यातायात मजदुर संघको केन्द्रिय अध्यक्षमा भण्डारी निर्वाचित

MadhesKhabar

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

MadhesKhabar

राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नागरिकता विधेयक विरुद्ध सर्वाेच्च अदालतमा रिट

MadhesKhabar

Leave a Comment