Madhes Khabar
राष्ट्रिय

कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

काठमाडौं, २० भदौं : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।काठमाण्डौको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।उनीमाथि खुकुरी हानेको आरोपमा नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुको पैँयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

कार्यक्रममा सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।पक्राउ परेका सापकोटले आफूलाई अभियान्ता भन्ने गरेका छन् ।

रिपोटर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राखेका थिए ।

 

 

Related posts

नागरिकता विधेयक माथिको सुनुवाइ आज भएन ,अब आइतबार हुने

MadhesKhabar

जोखिमपूर्ण काममा खटिने कर्मचारीको जीवन बिमाको व्यवस्था गर्छु : वन मन्त्री यादव

MadhesKhabar

नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना जेल सजाय हुने

MadhesKhabar

Leave a Comment