Madhes Khabar
राष्ट्रिय

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

फाइल तस्बिर ।

काठमाडौं,२चैत:सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् ।प्रहरीले उनलाई काठमाडौकाे धापासीबाट शुक्रबार साँझ पक्राउ गरेको हो ।

दिपेश पुनको चिनयाँ सुन तस्करसँग संलग्नता देखिए पनि प्रहरीको अनुसन्धानबाट बाहिरै थिए । सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दिपेशलाई सामान्य सोधपुछ कागज गराएर छाडेको थियो ।

पछिल्लोपटक दिपेशका दाजु जितेन्द्र र तत्कालीन उपराष्ट्रपति समेत रहेका बाबु नन्दबहादुर पुनको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिरिएपछि उनीमाथि अनुसन्धानको दायरा ल्याउनुपर्ने दबाब बढेको थियो ।

सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशले उन्मुक्ति पाउँदै आएका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए ।

Related posts

कतारका अमीरको स्वागतमा भोलि मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

MadhesKhabar

मंसिर ४ मा चुनाव गर्न सत्तागठबन्धनका शीर्ष नेताहरु सहमत

MadhesKhabar

हत्याका आरोपी विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेपछि कलैयामा प्रदर्शन

MadhesKhabar

Leave a Comment