Madhes Khabar
राष्ट्रिय

मधेसखबर र रातोपाना अनलाइनमा मन्त्री यादव र मेयर सिंहलाइ सम्मान

मधेसखबर
वीरगन्ज,२७असार : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलाइ मधेसखबर र रातो पाना अनलाइन पत्रिकाले स्वागत तथा सम्मान गरेको छ ।

वीरगन्ज ८ स्थित अनलाइन पत्रिकाको कार्यालयमा सोमबार आयोजित कार्यक्रममा नवनियुक्त मन्त्री यादव र मेयर सिंहलाइ स्वागत तथा सम्मानित गरिएको हो ।

मधेसखबरका अध्यक्ष क्रान्ति शाह र रातोपानाका अध्यक्ष श्याम सर्राफले मन्त्री यादव र मेयर सिंहलाइ गम्छा र माला पहिरयाएर मायाको चिन्हो प्रदान गर्दै स्वागत तथा सम्मान गरेका हुन् ।

त्यस अवसरमा अध्यक्षद्वय शाह र सर्राफले मन्त्री यादव र मेयर सिंहलाइ बधाइ दिदै सफल कार्यकालको शुभकामना समेत दिए ।

मधेसखबरका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा रातोपानाका प्रबन्ध निर्देशक अमित अग्रवाल , सम्पादक अन्जु महत्तो , मधेसखबरकी सम्पादक माधुरी महत्तो , मन्त्री यादवका स्वकीय सचिव निखिल वर्णावाल , मेयर सिंहका राजनीतिक सल्लाहकार उमेशलाल सहनी लगायतको पनि सहभागीता रहेको थियो ।

 

Related posts

जनयुद्ध दिवसमा दिएको बिदा खारेज गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन

MadhesKhabar

आचारसंहिता नमान्नेलाई पक्राउ गरेर मतदान सम्पन्न नभएसम्म नछोड्न निर्वाचन आयोगको निर्देशन

MadhesKhabar

वीरगन्जमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजपनि आएन फैसला

MadhesKhabar

Leave a Comment