Madhes Khabar
राष्ट्रिय

भोलि सार्वजनिक बिदा छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौं,२२असोजः इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन ।

यसअघि एक मन्त्रीले दिएको सूचनामा भर परेर मधेसखबरसहित थुप्रै सञ्चारमाध्यमले भोलि  मंगलबारसार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरेका थिए । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

स्रोतका अनुसार बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो । तर, निर्णय भएन । मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।साभारः नेपाल प्रेसबाट

Related posts

चन्द्रयान-३ को सफलतामा प्रधानमन्त्री दाहालसहित देउवा र ओलीले दिए भारतलाई बधाई

MadhesKhabar

उम्मेदवारले चुनावी खर्चका लागि व्यक्ति तोक्नुपर्ने, बैंक खाता पनि खोल्नुपर्ने

MadhesKhabar

भाेलि (सोमबार) सरकारी कार्यालयहरु सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन

MadhesKhabar

Leave a Comment