Madhes Khabar
राष्ट्रिय

चन्द्रयान-३ को सफलतामा प्रधानमन्त्री दाहालसहित देउवा र ओलीले दिए भारतलाई बधाई

काठमाडौं ,६भदाैं: प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएकाेमा भारतलाई बधाई दिएका छन्। उनले बुधबार बेलुकी ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन्। उनले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गरेका छन्।

त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन्। ‘आज भारतको चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ। यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं,’ ट्वीटरमा उनले लेखेका छन्।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चन्द्रयान-३ को सफलताका लागि भारत सरकार त्यहाँका जनतालाई बधाई दिएका छन्। त्यस्तै परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी एस जयशंकरलाई बधाई दिँदै छिमेकी मित्रले प्रविधिमा गरेको सफलतालाई तारिफ गरेका छन्।

 

भारतले बुधबार चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको छ।साभार:अन्नपूर्णपाेष्टबाट

Related posts

कोभिड भित्रिन नदिन वीरगन्ज नाकामा उच्च सतर्कता, मेयर सिंहले गरे निरिक्षण

MadhesKhabar

राजनीतिक दलका ट्रेड युनियनहरु खारेज गर्ने बालेन सरकारकाे घाेषणा

MadhesKhabar

जन्मसिद्ध नागरिकका सन्तानले अब पाउने भए बंशज नागरिकता

MadhesKhabar

Leave a Comment