Madhes Khabar
राष्ट्रिय

ओली सरकारकै पालामा एसपीपीमा सहभागी हुन नेपाली सेनाले पत्र पठाएको खुलाशा

मधेसखबर
वीरगन्ज,०२असार : अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले ७ वर्ष पहिले नै अर्थात सन् २०१५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पत्राचार गरेको पुष्टि भएको छ ।

सन् २०१५ को अक्टोबर २७ मा (२०७२ कात्तिक १० गते) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाल स्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेको खुलाशा भएको हो ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको करिब १५ दिन पछि नेपाली सेनाले पत्र पठाएको थियो । ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

बुधबार अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रष्टीकरण दिएको थियो । तर बुधबार नै नेपाली सेनाले एक विज्ञप्ति जारी एसपीपीमा सहभागी हुन पत्राचार नगरेको जिकिर गरेको थियो ।

साभार : अनलाइनखबर

Related posts

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

MadhesKhabar

आगामी मंसिरको पहिलो हफ्तामा निर्वाचन गर्न आयोगद्वारा सरकारलाई सिफारीस

MadhesKhabar

सरकारी कार्यालय आजदेखि दिउँसाे ४ बजेसम्म मात्र खुल्ने

MadhesKhabar

Leave a Comment