Madhes Khabar
राष्ट्रिय

सुक्खाग्रस्त पर्सा र बारामा प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट निरीक्षण गर्ने

फाइल तस्बिर ।

वीरगन्ज,८साउनःप्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त र विपद् संकटग्रस्त क्षेत्र पर्सा र बारा जिल्लामा शुक्रबार हवाई (हेलिकप्टरबाट)तथा स्थलगत निरीक्षण गर्ने भएका छन् ।

बाराको परवानीपुर गाँउपालिकाको नवनिर्मित प्रशासनीक भवन समुद्घाटनका लागि शुक्रबार बारामा आउन लागेका प्रधानमन्त्री ओलीले शुक्रबार नै खडेरी र खानेपानीको हाहाकार पर्सा र बारा जिल्लाको हवाई तथा स्थलगत निरीक्षण गर्ने नेकपा एमाले पर्साका सचिव महेश दासले जानकारी दिए ।

दासका अनुसार, हवाई तथा स्थलगत निरक्षिणपछि प्रधानमन्त्री ओलीले सुक्खाग्रस्त र विपद् संकटग्रस्त घोषित मधेस प्रदेशका लागि राहतको विभिन्न प्याकेज घोषणापनि गर्ने छ ।

बुधबारमात्रै संघ सरकारले मधेस प्रदेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो भने बुधबार नै संसदमा प्रधानमन्त्री ओलीले मधेस उत्पन्न पानीको हाहाकारको समस्या समधधानका लागि सरकारले आफ्नो सबै साधन श्रोत परिचालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

Related posts

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पनि पक्राउ

MadhesKhabar

जाजरकोट भूकम्पको अपडेट : मृतकको संख्या १ सय ५३

MadhesKhabar

वीरगन्जमा जेसिसकाे राष्ट्रिय सम्मेलन: १० जना उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

MadhesKhabar

Leave a Comment