Madhes Khabar
राष्ट्रिय

राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नागरिकता विधेयक विरुद्ध सर्वाेच्च अदालतमा रिट

काठमाडौं ,१९जेष्ठ : प्रमाणीकरण नभएर अलपत्र परेको नागरिकता विधेयक मन्त्रिपरिषदको सिफारीसमा राष्ट्रपतिले प्रमाणिकरण गर्नु गैरसंवैधानिक हुने दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपाने र डा. सुरेन्द्र भण्डारीले पेश गरेको रिट निवेदन सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएको हो । रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उदृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान उदृत गरेर संवैधानिक प्रावधानमाथि प्रहार भएको भन्दै रिट निवेदनमा प्रमाणिकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्नु भनी रोक लगाउन माग गरिएको छ ।साभार:अनलाइनखबर

Related posts

स्थानीय चुनावमा कुन दलले कति मत पाए

MadhesKhabar

नागरिकता विधेयक छिट्टै प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छु : पूर्वराष्ट्रपति यादव

MadhesKhabar

चीनीया नेता लि भोलि नेपाल आउदै , गोप्य भेटघाट वा अवाञ्छित गतिविधि नगर्न चेतावनी

MadhesKhabar

Leave a Comment