Madhes Khabar
राष्ट्रिय हेडलाइन

मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

मधेसखबर
वीरगन्ज, १९ साउन : सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले एक महिना अघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिका सहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

 

मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

Related posts

वीरगन्जमा १५ लाखकाे प्रतिबन्धित भारतीय आयुर्वेदिक औषधिसहित एक जना पक्राउ 

MadhesKhabar

सहरको मुटुमा हरियाली फर्काउने वीरगन्ज महानगरको अभियान

MadhesKhabar

मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका नवनिर्वाचित सांसद कानुलाई भव्य स्वागत

MadhesKhabar

Leave a Comment