Madhes Khabar
राष्ट्रिय हेडलाइन

मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

मधेसखबर
वीरगन्ज, १९ साउन : सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले एक महिना अघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिका सहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

 

मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

Related posts

वडाध्यक्ष कुट्ने प्रहरीलाई कारबाहीकाे माग गर्दै वीरगन्ज महानगरका जनप्रतिनिधिहरुद्वारा आन्दोलनको घाेषणा

MadhesKhabar

जनताको काममा जुटे सांसद यादव : किसानलाई सहज रुपमा मल दिलाउन देखाए अग्रसरता

MadhesKhabar

पर्याप्त वर्षा नहुदाँ पर्सामा १३ प्रतिशत मात्रै राेपाइँ

MadhesKhabar

Leave a Comment