Madhes Khabar
राष्ट्रिय हेडलाइन

नवनियुक्त ३ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं,३०भदाैं:सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् ।

पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्यालले भने गृह र कानुन मन्त्रालय सम्हाल्ने अवसर पाएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Related posts

वीरगन्ज महानगरले सुरु गर्याे नारायणी अस्पतालको सरसफाइ

MadhesKhabar

वीरगन्जमा हैजाविरुद्धको १० लाख डोज खोप अभियान सञ्चालन गरिने

MadhesKhabar

बेल्वामा राेकिएकाे मतदान पुन शुरु

MadhesKhabar

Leave a Comment